एनपीएल अक्सनका लागि १ सय ५० जना खेलाडीको अन्तिम सूची घोषणा

काठमाडौं, २१ साउन : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा आज एक सय ५० जना खेलाडीको अन्तिम सूची घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको सूचीमा चार सय ५८ जना खेलाडीले दर्ता गरेकामा ती खेलाडीको अन्तिम सूची घोषणा भएकाे हाे ।

एनपीएलमा सहभागी आठ टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार ती खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको क्यानले जनाएको छ । खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गरिएको छ । यसमा श्रेणी ‘ए’ मा आठ खेलाडी परेका छन् ।

यसमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषवाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन् । त्यस्तै श्रेणी ‘बी’ मा अनिल खरेल, अर्जुन कुमाल, दीपक बोहोरा, कृष्ण कार्की, प्रज्वल थापालगायत ३५ तथा श्रेणी ‘सी’ मा १ सय ७ खेलाडी छन् । प्रतियोगिताको लागि आउँदो साउन २४ गते अक्सन हुने क्यानले जनाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा