देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै 

काठमाडौं, १० असार :

देशभरका स्थानीय तहले आज आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्था अनुसार देशका ७ सय ५३ वटै स्थानीय तहले आज बजेट ल्याउन लागेका हुन् । यसअघि, संघीय सरकारले जेठ १५ गते तथा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरिसकेका छन् ।

कोरोना भाईरसको महामारीकाबीच आउन लागेको बजेटले स्थानीय तहमा स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्ने बताईएको छ । आर्थिक गतिविधि ठप्प भएको अवस्थामा बजेट ल्याउन लागेका स्थानीय तहरुलाई यो वर्ष वित्तिय स्रोत व्यवस्थापनमा अझ बढी समस्या पर्ने देखिन्छ ।

देशका अधिकांश स्थानीय तहको आफ्नै श्रोत साधन नभएका कारण केन्द्रबाट आउने अनुदान नैं बजेटको मुख्य स्रोत हो । संघीय सरकारले भने स्थानीय तहको आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माण गर्दा कोरोना भाइरसको संवेदनशीलतालाई प्राथमिकतामा राख्ने, रोजगारी सिर्जना गर्ने, ठूला विकासका योजना सञ्चालन नगर्ने गरी बजेट निर्माण गर्न यसअघि नै आग्रह गरिसकेको छ ।

लकडाउनले गर्दा यस वर्ष स्थानीय तहको आन्तरिक स्रोत घटेको छ । संघ र प्रदेश सरकारले वित्तीय हस्तान्तरण गर्दा चालू आर्थिक वर्षको भन्दा केही कम बजेट स्थानीय तहलाई पठाएकाले पनि स्थानीय तहले खर्च गर्न सक्ने बजेट मात्रै निर्माण गर्न लागेको बुझिएको छ ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा