नेपालमा मुटु, क्यान्सर लगायतका नसर्ने रोगबाट हुने मृत्यु बढ्दै

काठमाडौं, २२ साउन : नेपालमा क्यान्सर, मुटु र श्वासप्रश्वास सम्बन्धी नसर्ने रोग धेरै देखिने गरेको छ । नसर्ने रोगबारे काम गरिरहेको संस्था नेपाल एनसीडी एलाइन्सका अनुसार नेपालमा बर्सेनि नसर्ने रोग बढिरहेको छ । नसर्ने रोगमा पनि मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग धेरै देखिने गरेको एलाइन्सकी डाक्टर मनिता प्याकुरेलले बताउनुभयो ।

प्रमुख नसर्ने रोगमा मुटु रोग ३० प्रतिशत, क्यान्सर ९ प्रतिशत र दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोग १० प्रतिशत रहेको छ । नेपालमा १५ वर्ष अघि अर्थात् सन् २०१० मा कुल मृत्युमध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुने गर्दथ्यो । सन् २०१४ मा मृत्युको सङ्ख्या बढेर ६० प्रतिशत पुगेकोमा सन् २०१९ मा कुल मृत्युको ७१ दशमलव एक प्रतिशत हिस्सा नसर्ने रोगका कारण हुने गरेको ग्लोबल बर्डेन अफ डीजीजको प्रतिवेदनमा उल्लेख छ । नसर्ने रोगको उपचार निकै खर्चिलो हुने गरेको छ ।

नसर्ने रोग विशेषगरी सुर्तीजन्य बस्तुको प्रयोग, अस्वस्थकर खानपान, शारीरिक निष्क्रियता, जाँडरक्सी र वायु प्रदूषणले निम्त्याउने गरेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा