अल नासरको जीतमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं, २३ साउन : क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै मैत्रीपूर्ण फुटबल खेलमा अल नासरले सहज जीत निकालेको छ । अल्गार्वे रङ्गशालामा नासरले पोर्चुगलको रियो एभेलाई ४–० गाेलले हराएको छ ।नासरका लागि पहिलो गोल मोहम्मद सिमाकनले गरे ।

उनले १५औं मिनेटमा गोल गरेका हुन् । ४४औं मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले ६३औं मिनेटमा अर्को गोल गरे । यस्तै ६८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै राेनाल्डाेले ह्याट्रिक पूरा गरे । प्रि–सिजन टुरमा नासरको यो लगातार दोस्रो जीत हो । यसअघि नासरले फ्रेन्च क्लब टुलुजलाई २–१ ले हराएको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा