गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि

काठमाडौं, १० असार :
गण्डकी प्रदेशमा बुधवार बिहान थप ३२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । यो सँगै प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या ७ सय २९ पुगेको छ। प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएका पिसिआर परीक्षणको नतिजा आएसँगै नयाँ ३२ जना सङ्क्रमित रहेको पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ति अनुसार उनीहरू लमजुङमा ५ जना, पर्वतमा १ जना, स्याङ्जामा ७ जना, कास्कीमा ५ जना, गोरखामा १ जना, बागलुङमा ९ जना, तनहुँमा १ जना र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० मा १ जना रहेका छन् ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा बिनोदबिन्दु शर्माकाअनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा लमजुङको मध्यनेपाल नगरपालिकाका ४ जना पुरुष, बेसीशहर नगरपालिकाकी १ जना महिला, पर्वतको कुस्मा नगरपालिकाकी १ जना महिला, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका १ जना पुरुष, आँधीखोला गाउँपालिकाका १ जना पुरुष र वालिङ नगरपालिकाका ३ जना पुरुष र २ जना महिला गरी ५ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

यसै गरी कास्कीको पोखरा महानगरपालिकाका १ जना पुरुष र २ जना महिला, मादी गाउँपालिकाका १ जना पुरुष र १ जना महिला रहेका छन्। गोरखाको गण्डकी गाउँपालिकाका १ जना पुरुष, बागलुङको बरेङ गाउँपालिकाका ८ जना पुरुष जैमिनी नगरपालिकाका १ जना पुरुषमा पनि सङ्क्रमण रहेको पाइएको छ ।

चितवनको भरतपुर अस्पतालमा गरिएको स्वाब परीक्षणमा तनहुँको देवघाट गाउँपालिकाका १ जना पुरुष र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिकाका ३ जना महिलामा पनि सङ्क्रमण रहेको पुष्टि भएको छ । सम्बन्धित जिल्लाका क्वारेनटाइन तथा होम क्वारेन्टाईनमा रहेका उनीहरूलाई बुधवार नै सम्बन्धित जिल्लाका आइसोलेसनहरूमा सार्ने तयारी भइरहेको पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बताएको छ ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने