दुर्लभ खनिज आपुर्तिमा चीनलाई चुनौती दिने अष्ट्रेलियाको नयाँ योजना

काठमाडौं, २८ साउन : देशको पश्चिमी भागमा रहेको झन्डै १० लाख टन दुर्लभ खनिजको भण्डारलाई आधार मानेर अष्ट्रेलियाले चीनको खनिज आपूर्तिमा निर्भरता घटाउने ठूलो योजना अघि सारेको छ ।

विद्युतीय गाडी, पवन टर्बाइन र रक्षा प्रविधिमा अत्यावश्यक खनिजहरूको उत्खनन र प्रशोधनमा चीनको विश्वव्यापी एकाधिकार तोड्न अष्ट्रेलियाली सरकारले झन्डै १ अर्ब अमेरिकी डलर ऋण दिने गरी प्रशोधन कारखाना निर्माण गरिरहेको बीबीसीले जनाएको छ । अहिले चीनले विश्वको आधाभन्दा बढी दुर्लभ खनिज उत्खनन र करिब ९० प्रतिशत प्रशोधन गर्दै आएको छ । जसका कारण अमेरिका र युरोप क्रमशः ८० र ९८ प्रतिशत आपूर्ति चीनबाट लिन्छन् ।

चीनको आपूर्ति नियन्त्रणका कारण उत्पादन अवरुद्ध हुने जोखिम देखिँदै आएको अवस्थामा अष्ट्रेलियाले सन् २०३० सम्म पश्चिमी देशको ठूलो माग पूरा गर्ने लक्ष्य लिएको छ । यद्यपि प्रशोधन प्रक्रियामा प्रदूषण र रेडियोधर्मी फोहोरको चुनौती रहने भए पनि अष्ट्रेलियाले कडा वातावरणीय कानूनअन्तर्गत जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने दाबी गरेको खबरमा उल्लेख छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा