साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं, ११ भाद्र : साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौथो खेलमा आज बङ्गलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । यस अघि भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो । नेपालको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ ।

नेपालको तीन खेलमा तीन अङ्कसहित तेश्रो स्थानमा छ । समान खेलमा छ अङ्कसहित बङ्गलादेश दोश्रो स्थानमा छ । भारत नौ अङ्कसहित शीर्ष स्थानमा छ । यसअघि आफ्नो दोश्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग हारेको थियो । यो प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले पर्सि शुक्रवार भारतसँग र आउँदो आइतवार भूटानसँग खेल्ने छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा