चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने राष्ट्रपति ट्रम्पको घोषणा

President Donald Trump

काठमाडौं, ११ भाद्र : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका छ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने घोषणा गर्नुभएको छ । उहाँले चीनसँगको सम्बन्ध आउँदा दिनमा थप बलियो हुने विश्वास व्यक्त गर्नुभएको फक्सन्यूजले जनाएको छ ।

अहिले दुई लाख ७० हजार चिनियाँ विद्यार्थी अमेरिकामा अध्ययन गरिरहेका छन् । चीनसँगको भन्सार शुल्क वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले चिनियाँ विद्यार्थीको अमेरिका प्रवेशाज्ञालाई लिएर अब अमेरिकाले चिनियाँ विद्यार्थीलाई भिसा दिँदैन भन्नेखालको अफवाह फैलिएको बताउनुभयो । गएको मे महिनामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिनियाँ नागरिक, विशेषगरी कम्युनिस्ट पार्टी वा संवेदनशील अनुसन्धान क्षेत्रमा संलग्न व्यक्तिका लागि भिसा रद्द गर्ने योजना सार्वजनिक गर्नुभएको थियो ।

तर ट्रम्पले चीनका विद्यार्थीलाई स्वागत गर्ने पक्षमा आफू सधैं रहेको दोहोर्‍याउनु भएको छ । उहाँले अहिले चीनसँगको आर्थिक सम्बन्ध अघिल्ला राष्ट्रपति जो बाइडेन प्रशासनको तुलनामा धेरै बलियो भएको दाबी समेत गर्नुभएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा