सुनको भाउले कीर्तिमान बनायो : तोलाको २ लाख ७ हजार ९ सय रुपैयाँ पुग्यो

काठमाडौं, १८ भाद्र : सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको १३ गते शुक्रबार दुई लाख नाघेको सुनको भाउ त्यसयता लगातार बढेको हाे । हिजो सुनको भाउ तोलाको दुई लाख पाँच हजार नौ सय रुपैयाँ थियो भने अस्ति तोलाको दुई लाख पाँच हजार तीन सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने आज घटेकाे छ । चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएकाे छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई हजार चार सय ८५ रुपैयाँ पुगेको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा