बिहानैदेखि चर्को घाम, राति केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाडौं, २० भाद्र : आज पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । मौसमविद्हरुले गएराति केही ठाउँमा ठूलो पानी पर्छ भने पनि कतैकतै हल्कादेखि मध्यम वर्षा मात्रै भयो ।

पछिल्लो १२ घण्टामा बैतडीमा ४२ मिलिमिटर र दार्चुलामा २८ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगका केही ठाउँ र तराई भू–भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । अहिले मनसुनको न्यूनचापीय रेखा सरदर ठाउँ भन्दा दक्षिणतिर सरेको महाशाखाको भनाइ छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा