सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घट्यो

काठमाडौं, २९ भाद्र : अस्ति शुक्रवार रेकर्ड बनाएको सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । भाउ घटेको दिन आज सुन तोलाको दुई लाख १५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुन अहिलेसम्मकै उच्च तोलाको दुई लाख १५ हजार आठ सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको दुई हजार पाँच सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा