नागरिक उन्मुक्ति पार्टी छोडेको रेशम चौधरीको घोषणा

काठमाडौं, २९ भाद्र : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवम् संरक्षक रेशम चौधरीले पार्टी छोडेको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले आफूले नाउपा छोडेको जानकारी दिनुभएको हो ।

साथै चौधरीले नयाँ नागरिक उन्मुक्ति पार्टी, नेपालको घोषणा गर्नुभएको छ । पछिल्लो समय विभिन्न राजनीतिक मुद्दामा नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठसँग उहाँको विवाद बढिरहेको थियो । तर रञ्जितासँग कुनै दुस्मनी नरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा