नयाँ युगको सुरुवात भयाे : प्रधानमन्त्री कार्की

काठमाडौं, २९ भाद्र : जनआन्दोलनको राप र तापका बीच प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै नयाँ युगकाे सुरुवात भएकाे बताउँनुभएकाे छ ।

जेनजी आन्दोलनले सृजना गरेको परिवर्तनको लहरपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

पदभार ग्रहण गर्नुअघि प्रधानमन्त्री कार्की लैनचौरस्थित शहीद स्मारक पुगेर देशका लागि प्राण आहुति दिने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ । उहाँले शहीदहरूको त्याग र बलिदानको सम्मान गर्दै अबको सरकार सुशासन, पारदर्शिता र जनहितका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

प्रधानमन्त्री कार्कीको आगमनसँगै मुलुकमा नयाँ आशा र सम्भावनाको सञ्चार भएको छ । जनजी आन्दोलनले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्दै देशलाई समृद्धिको मार्गमा अघि बढाउने चुनौती र अवसर दुवै उनीसामु छन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा