मुस्ताङको कोरला नाकाबाट दुई हप्तामा एक अर्ब ३७ करोड राजस्व सङ्कलन

काठमाडौं, १२ असोज : मुस्ताङ भन्सार कार्यालय, न्हेचुङले गएको दुई हप्तामा एक अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । रसुवागढी र तातोपानी नाका बाढी–पहिरोले अवरुद्ध भएपछि कोरला नाका वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याइएको थियो ।

भन्सार प्रमुख रमेश खड्काका अनुसार, भदौ ३० देखि पूर्ण सञ्चालनमा आएको नाकाबाट राजस्व सङ्कलनमा सुधार आएको छ । दुई हप्ताभित्र सात सय ६९ विद्युतीय गाडी र दुई सय ४६ मालवाहक कन्टेनर भन्सार जाँचपास भई गन्तव्यतर्फ पठाइएको छ ।

चीनबाट ६५ कन्टेनरको जाँचपास अझै बाँकी छ । नेपालबाट हस्तकलाका सामग्री र स्थानीय उत्पादन चीनतर्फ निर्यात भइरहेको छ । -रासस

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय