सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च : सुन तोलाको दुई लाख २३ हजार नाघ्यो

काठमाडौं, १२ असोज : सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ तोलाको दुई लाख २३ हजार नाघेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रवार सुनको भाउ तोलाको दुई लाख २२ हजार पाँच सय रहेको थियो । यसअघि सुनको उच्च भाउ गएको बुधवार तोलाको दुई लाख २३ हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । चाँदीको भाउ तोलाको दुई हजार आठ सय १० रुपैयाँ पुगेर रेकर्ड बनाएको हो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा