भागेका कैदीबन्दी कहिँकतै देखिए तत्काल जानकारी दिन प्रहरीको आग्रह

काठमाडौं, १२ असोज : गएको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीमाथि प्रहरीले निगरानी बढाएको छ । नेपाल प्रहरीले दशैँ, तिहार, छठलगायतका चाडपर्व नजिकिँदै गरेको सन्दर्भमा उनीहरु गाउँघरमा देखिन या भेटिन सक्ने भएकाले नागरिकलाई पनि सतर्क रहन आग्रह गरेको छ ।

भागेकामध्ये झन्डै आठ हजार जना कैदीहरू कारागार फर्किएका छन् भने अझै छ हजार फरार छन् । केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सम्भावित घटना रोक्न जिल्ला प्रहरी कार्यालयलाई आवश्यक पत्राचार भइसकेको छ ।

सुरक्षाका दृष्टिले कुनै शङ्कास्पद गतिविधि वा भागेका कैदी देखिए तत्काल नजिकैको प्रहरी कार्यालय वा सुरक्षानिकायलाई जानकारी दिन पनि उहाँको आग्रह छ । कारागार व्यवस्थापन विभागले भागेका कैदीहरूलाई यही असोज २० गतेभित्र कारागार फर्कन आग्रह गरेको छ । -रासस

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा