आज कोशी र बागमतीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, १२ असोज : आज कोशी र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भागमा मौसम साधारणतया बदली रहने छ । बाँकी भागमा आंशिक बदली हुनेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका केही ठाउँ तथा अन्य प्रदेशका पहाडी र तराई भागका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले देशभर मनसुनी वायुको प्रभाव कमजोर छ । त्यस्तै स्थानीय वायुको आंशिक प्रभाव छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा देशका बाँकी भागका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा