नेपाल एशियन कपबाट बाहिरियो, भियतनामसँग १ गोलले पराजित

काठमाडौं, २९ असोज : आउँदो वर्ष साउदी अरबमा आयोजना हुने एएफसी एशियन कपमा छनोट हुन नेपाल असफल भएको छ । भियतनाको थोङ न्हाट खेल मैदानमा गएराति भएको तेस्रो चरणको आफ्नो चौँथो खेलमा भियतनामसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो ।

नेपालका सुमन श्रेष्ठले पहिलो हाफको पाँचौ मिनेटमा गरेको आत्मघाती गोल नै भियतनामका लागि निर्णायक बन्यो । नेपाल भियतनामसँग पराजित भएसँगै दुई खेलअगावै छनोटबाट बाहिरिएको छ ।

यसअघि भियतनामसँग नेपाल ३–१ ले पराजित भएको थियो । त्यस्तै मलेसियासँग २–० ले र लाओससँग २–१ ले पराजित भएको थियो । नेपाल अङ्कविहीन हुँदै अङ्क तालिकाको अन्तिम स्थानमा छ । अब नेपालले मलेसिया र लाओससँग होम म्याच खेल्न बाँकी छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस