टी–२० विश्वकप एशिया छनोटको निर्णायक खेलमा नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं, २९ असोज : आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ ।

आजको खेल नेपालका लागि विश्वकप छनोटको निर्णायक रहेको छ । अस्ति सोमवार भएको खेलमा कतारलाई हराएसँगै नेपाल टी–२० विश्वकप नजिक पुगेको छ । पहिलो खेलमा नेपालले यूएईलाई एक रनले हराएको थियो ।

सुपर सिक्समा नेपाल र ओमानको समान ६ अङ्क छ । नेपालले अन्तिम खेलमा पर्सि शुक्रवार सामाओसँग खेल्नेछ ।

संबन्धित शिर्षकहरु

युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना