१७ वर्षमुनिको महिला एशियन कप छनोटको पहिलो खेलमा नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दै

काठमाडौं, २९ असोज : एएफसी १७ वर्षमुनिको महिला एशियन कप छनोटको पहिलो खेलमा नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दैछ । खेल थाइल्यान्डको चोनबुरी रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा पाँच बजे शुरू हुनेछ ।

नेपाल रहेको समूह ‘एफ’ मा तुर्कमेनिस्तानसँगै घरेलु टोली थाइल्यान्ड पनि छ । नेपालले पर्सि शुक्रवार थाइल्यान्डसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एशियन कपमा खेल्न पाउने छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा