बङ्गलादेशको एक कपडा कारखानामा आगलागी : १६ जनाको ज्यान गयो

काठमाडौं, २९ असोज : बङ्गलादेशको एक कपडा कारखानामा ठूलो आगलागी भएको छ । आगलागीमा परेर कम्तीमा १६ जनाको ज्यान गएको छ । फेला परेका १६ वटा शव चिन्न नसकिने गरी जलेको अग्नि नियन्त्रक सेवालाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

राजधानी शहर ढाकाको मिरपुर क्षेत्रमा रहेको चार तले कारखानामा आगो लागेको हो । कारखानामा लागेको आगो तीन घण्टापछि निभाइएको छ । तर नजिकैको रासायनिक गोदाम भने जलिरहेको देखिएको अग्नि नियन्त्रक सेवाले जनाएको छ ।

कमजोर सुरक्षा मापदण्ड र पूर्वाधारका कारण पछिल्ला वर्ष बङ्गलादेशमा आगलागीका कारण सयौं मानिसले ज्यान गुमाउने गरेका छन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा