देशभर चिसो बढ्न थाल्यो : आज कोशी प्रदेशको एक/दुई ठाँउमा हल्का वर्षाको सम्भावना

काठमाडौं, २९ असोज : केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । मनसुन बर्हिगमन र त्यसबेला परेको पानीसँगै बिस्तारै तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकामा तापक्रम घटेर हिजो १२.५ डिग्री सेल्सियसमा झरेको थियो । उपत्यकालगायत देशका पहाडी तथा हिमाली भागमा पनि न्यूनतम तापक्रम घट्दो क्रममा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहने अनुमान छ । कोशी प्रदेशको पहाडी भागका एक/दुई ठाँउमा हल्का वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा