आज विश्व हात धुने दिवस

काठमाडौं, २९ असोज : आज अक्टोबर १५ तारिख अर्थात विश्व हात धुने दिवस । हरेक वर्ष अक्टोवर १५ मा विश्व हात धुने दिवस मनाउने गरिन्छ । सन् २००८ देखि यो दिवस मनाउन थालिएको हो । ‘सायद पञ्जा नै हुन सक्छ, तर कुरा सधैं हातको स्वच्छताकै हुन्छ’ भन्ने नाराका साथ नेपालमा पनि दिवस मनाईंदैछ । विश्वमा हातको स्वच्छताबाट स्वास्थ्यमा हुने फाइदालाई उजागर गरी सरसफाइ तथा स्वच्छताको सचेतना जगाउन हरेक बर्ष अक्टोबर १५ तारिखमा विश्व हात धुने दिवस मनाइन्छ ।

ग्लोबल ह्यान्डवासिङ पार्टनरसिपले १७ बर्ष अघि विश्व हात धुने दिवस शुरूआत गरेको थियो । यो दिवसले साबुन पानीले हात धुने कुराको महत्त्व बुझाउने, रोगहरूको रोकथाम गर्ने एक सहज, प्रभावकारी र किफायती तरिकाका रूपमा सचेतना बढाउने गरेको छ । हात धुनु हैजा, झाडापखाला, रुघाखोकी, निमोनियालगायत सङ्क्रमणजन्य रोगबाट बच्ने सजिलो, सस्तो र प्रभावकारी उपाय रहेको डाक्टरहरु बताउँछन् । साबुन र पानीको प्रयोग गरी कम्तीमा २० सेकेण्डसम्म हात धुनु, औँलाहरू, नङहरू राम्ररी सफा गर्नु, हात सफा गरी खाना पकाउनु र खानुअघि, बाथरुम प्रयोग गरेपछि, खोक्दा वा हाछ्युँ गर्दा, नाक छोएपछि हात धुनु अत्यावश्यक छ ।

यसले व्यक्तिगत स्वास्थ्यमा सुधार ल्याउनुका साथै समुदायलाई रोगमुक्त बनाउन योगदान पुर्याउने गरेको छ । हात सफा नभएका कारणले बिभिन्न रोग र संक्रमणका कारण लाखौंले ज्यान गुमाईरहेका छन् । विश्वमा अहिले पनि वर्षेनी झन्डै एक करोड ८० लाख बालबालिकाको ज्यान जाने गरेको र ती झाडापखालाकै कारण हुने गरेको तथ्यांक छ ।

नियमित रुपमा हात धुने चलन र ब्यवहारमा मात्र पनि परिवर्तन गर्न सके करौडोंको संख्यामा हुने मृत्युदरलाई कम गराउन सकिन्छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा