हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित

काठमाडौं, २१ कार्तिक : हङकङमा आजदेखि शुरू भएको हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ । अफगानिस्तानले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दीप जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन ।

अफगानिस्तानका फरमुल्ला र इजाज अहमद अहमदजाइले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । अफगानिस्तानका करिम जनितले सर्वाधिक ३५ रन बनाए । नेपालका लागि रसिद खानले ४ विकेट लिए । प्रतियोगितामा १२ टोलीको सहभागिता छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा