फिलिपिन्सपछि भियतनाम पुगेको टाइफुन आँधीले ३ जनाको ज्यान गयो

काठमाडौं, २१ कार्तिक :  टाइफुन काल्मेगी आँधीले फिलिपिन्सपछि भियतनाममा ठूलो क्षति पुर्याएको छ । हिजो भियतनाममा प्रवेश गरेको आँधीले तीन जनाको ज्यान गएको र सयौँ घर भत्किएका छन् । ठूलो संख्यामा मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ ।

भियतनामले झन्डै दुई लाख ६० हजार सैनिक र उद्धारकर्मी परिचालन गरेको छ । धेरै ठाउँमा बिजुली काटिएको र सडकहरू अवरुद्ध भएका छन् । यसअघि पनि भियतनाममा रेकर्ड वर्षाले ५० जनाको ज्यान लिएको थियो ।

अहिले आँधी कमजोर हुँदै क्याम्बोडिया र लाओसतर्फ गइरहेको खबरमा उल्लेख छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा