फिलिपिन्सपछि भियतनाम पुगेको टाइफुन आँधीले ३ जनाको ज्यान गयो

काठमाडौं, २१ कार्तिक :  टाइफुन काल्मेगी आँधीले फिलिपिन्सपछि भियतनाममा ठूलो क्षति पुर्याएको छ । हिजो भियतनाममा प्रवेश गरेको आँधीले तीन जनाको ज्यान गएको र सयौँ घर भत्किएका छन् । ठूलो संख्यामा मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ ।

भियतनामले झन्डै दुई लाख ६० हजार सैनिक र उद्धारकर्मी परिचालन गरेको छ । धेरै ठाउँमा बिजुली काटिएको र सडकहरू अवरुद्ध भएका छन् । यसअघि पनि भियतनाममा रेकर्ड वर्षाले ५० जनाको ज्यान लिएको थियो ।

अहिले आँधी कमजोर हुँदै क्याम्बोडिया र लाओसतर्फ गइरहेको खबरमा उल्लेख छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस