उत्तरी जापानमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं, २४ कार्तिक : जापानको उत्तरपूर्वी क्षेत्र कुजि केन्द्रविन्दु भएर हिजो साँझ ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विभागका अनुसार यो भूकम्प समुद्र सतहको झन्डै १६ किलोमिटर गहिराइमा गएको हो ।

प्रारम्भिक मापन अनुसार केही तटीय क्षेत्रमा १० देखि २० सेन्टिमिटरसम्मका स–साना सुनामीका लहरहरू देखिएका थिए, तर ठूलो क्षति वा बाढीको विवरण भने अहिलेसम्म नआएको यूरोन्यूजले जनाएको छ । अहिलेसम्म मानवीय वा भौतिक क्षतिको विवरण समेत आएको छैन । भूकम्प गएको क्षेत्र नजिकै दुई वटा परमाणु ऊर्जा संयन्त्र रहे पनि त्यहाँ क्षति नभएको भनिएको छ ।

भूकम्पका कारण केही क्षेत्रहरूमा अस्थायी रूपमा विद्युत् आपूर्ति अवरुद्ध भएको र टोहोको शिंकान्सेन बुलेट रेल सेवा रोकिएको छ । अधिकारीहरूले आउँदो केही दिनमा अरु परकम्प आउन सक्ने चेतावनी दिएका छन् । जापानकी प्रधानमन्त्री साने ताकाइचीले सामाजिक सञ्जालमार्फत नागरिकलाई तटीय क्षेत्रबाट टाढा रहन र सतर्क रहन आग्रह गर्नुभएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा