फिलिपिन्समा फेरि शक्तिशाली तुफान, १० लाख मानिसलाई सुरक्षित ठाउँमा सारियो

काठमाडौं, २४ कार्तिक : फिलिपिन्समा फेरि सुपर टाइफुन अर्थात स्थानीय भाषामा फुङ–वोङ्ग नामको तुफान आएको छ । गएराति लुजोन द्वीपको अरोरा प्रान्तमा झन्डै एक सय ८५ किलोमिटर प्रतिघण्टाको गतिमा तुफान हावासहित प्रवेश गरेको हो ।

यसअघि झन्डै १० लाख मानिसलाई जोखिम क्षेत्रबाट सुरक्षित ठाउँमा सारिएको छ । तुफानका कारण हिजो मात्रै थप दुई जनाको ज्यान गएको बीबीसीले जनाएको छ । तुफानको प्रभावले अरोरा, बिकल र पोलिल्लो टापुहरूमा भीषण वर्षा र हावाहुरी ल्याएको छ । झन्डै तीन सय उडान र धेरै विमानस्थलहरू बन्द गरिएका छन् ।

लुजोनमा केही क्षेत्रमा दुई सय मिलिमिटर भन्दा धेरै वर्षा भएको छ । जसले ठूलो पहिरो र बाढीको जोखिम बढाएको छ । त्यहाँको सरकारले यसअघि आएको टाइफुन काल्मेगी तुफानले दुई सय जनाभन्दा धेरैको ज्यान लिएपछि देशव्यापी आपतकाल घोषणा गरेको थियो । अहिले फुङ–वोङ्ग कमजोर हुँदै लुजोन पार गर्दै उत्तर ताइवानतर्फ गईरहेको खबरमा उल्लेख छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा