कपडा व्यवसायी संघ चितवनमा श्रेष्ठको नेतृत्व

नारायणगढ, ८ मंसिर : कपडा व्यवसायी संघ चितवनको आज सम्पन्न पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा निरज कुमार श्रेष्ठलाई निर्विरोध चयन गरेको छ ।

निर्वाचनमा सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध बनेका छन् । उपाध्यक्षमा गोविन्द प्रसाद सिवाकोटी, महासचिवमा डिलाराम भट्टराई (दिलिप), सचिवमा राजेश कुमार श्रेष्ठ र कोषाध्यक्षमा सुरेश कुमार गुप्ता चयन भएका छन् । त्यसैगरी, सदस्यमा कृष्ण धिताल र सुसान्त अग्रवाल चाचान निर्विरोध रूपमा चयन भएको संघले जनाएको छ ।

संबन्धित शिर्षकहरु

लगातार ३ दिन घटेकाे शेयर बजार आज सामान्य बढ्याे

राखेपले एन्फामाथिकाे निलम्बन फुकुवा गर्‍याे

बढ्दो बेरुजुप्रति राष्ट्रपतिको चिन्ता, सार्वजनिक निकायलाई जवाफदेही बन्न निर्देशन