नेप्सेसँगै काराेबार रकम घट्याे

काठमाडौं, २४ मंसिर : हिजो बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ०३ अङ्कले घटेर २ हजार ६ सय ९ दशमलव ०३ विन्दुमा झरेको छ । आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर सामान्य घटेको छ ।

आज १ सय ६९ वटा कम्पनीको शेयर घटेकोमा ८० वटाको बढेको छ । यस्तै ९ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज झापा इनर्जी कम्पनीको शेयर सबैभन्दा धेरै ९ दशमलव ३० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, एसवाई प्यानल नेपाल कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका ८६ लाख ४७ हजार कित्ता शेयर ३ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा