अमेरिकी सेनाद्वारा भेनेजुएलाको तेल ट्यांकर नियन्त्रणमा

काठमाडौं, २५ मंसिर : अमेरिकी सेनाले भेनेजुएलाको तट नजिक एक विशाल तेल ट्यांकर नियन्त्रणमा लिएको छ । यो कदमबाट अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोको सरकारमाथि दबाब झनै कडा बनाएको संकेत देखिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै भेनेजुएला तट नजिकै एउटा ठूलो तेल ट्यांकर कब्जा गरेको बताउनुभयो ।

बीबीसीले सार्वजनिक गरेको भिडियोमा सैनिकहरू हवाई मार्गबाट डोरी प्रयोग गर्दै ट्यांकरमा झर्दै गरेको देखिन्छ । यो ट्यांकर भेनेजुएला र इरानको प्रतिबन्धित तेल ढुवानीमा संलग्न भएको अमेरिकी दाबी छ । भेनेजुएलाले भने अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय समुद्री डकैती भनेको छ । यसअघि नै राष्ट्रपति मदुरोले भेनेजुएलालाई तेल उपनिवेश बनाउन नदिने बताउनु भएको थियो । यस घटनाले विश्वबजारमा तेल आपूर्तिको डर बढेपछि तेलको मूल्य केही बिन्दुले बढेको विश्लेषकहरूले बताएका छन् ।

अमेरिकी कारबाहीमा २ हेलिकप्टर, १० कोस्ट गार्ड सदस्य, १० वटा आधुनिक डुङ्गा र विशेष फोर्सहरू सहभागी थिए । भेनेजुएलाको सरकारले विज्ञप्ति निकाल्दै यसलाई गम्भीर अन्तर्राष्ट्रिय अपराध भनेको छ । हालै अमेरिकाले झन्डै ९ हजार सैनिकलाई क्यारेबियन समुद्री क्षेत्र (भेनेजुएलाको उत्तरी सीमा) मा तैनाथ गरेको छ । विश्वकै सबैभन्दा ठूलो युद्धपोतसमेत भेनेजुएलाको नजिक परिचालित गरिएको छ, जसले सैन्य कारबाहीको आशंकालाई बढाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा