जेनजी–सरकारबीच भएको सम्झौता ‘कलाविहीन नाटक’ : ओली

काठमाडौं, २५ मंसिर : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी र सरकारबीच भएको सम्झौता कलाविहीन भद्दा नाटक भएको टिप्पणी गर्नुभएको छ । काठमाण्डाैमा आज सम्पादकहरूसँगको संवादमा अध्यक्ष ओलीले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनै पनि प्रकारको सम्झौता गर्न नमिल्ने बताउनुभयो ।

कुनै पनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्यान्डेट यो सरकारले कहाँबाट पायो ? भनेर प्रश्न गर्दै उहाँले धेरै टिप्पणी गर्न आवश्यक नहुने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो एउटा कलाविहीन नाटक भयो । त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनै पनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो ?’ अहिलेको सरकारले चुनाव गराउन नसक्ने जिकिर गर्दै ओलीले संसद् पुनर्स्थापना नै अन्तिम विकल्प भएको बताउनुभयो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा