निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पौष : प्रधानमन्त्री सुशीला कार्कीले चुनावमार्फत व्यक्त हुने नयाँ जनभावना अनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ ।

ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गतेका लागि तोकिएको चुनाव निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अहोरात्र खटेर काम अगाडि बढिरहेका पनि बताउनुभयो । भदौ २३ र २४ गते भएको नवयुवाहरूको आन्दोलनपछि देशमा नयाँ परिस्थिति बनेको बताउँदै उहाँले सुशासन र चुनाव आफ्ना मुख्य एजेन्डा भएको उल्लेख गर्नुभयाे ।

प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि खालको अराजकताले ठाउँ पाउन नहुने बताउँदै शान्ति खल्बल्याउने, कानून हातमा लिने जस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको पनि बताउनुभयो । खराब तत्त्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै हुने भन्दै उहाँले हातेमालोका लागि आह्वान गर्नुभयो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा