इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले हरायो

काठमाडौं, ७ पौष : इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा भिल्लाले युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

भिल्लाको जीतमा दुवै गोल मोर्गान रोजर्सले गरे । युनाइटेडका म्याथ्युस कुन्हाले एक गोल गरे । पहिलो हाफको ४५औं मिनेटमा मोर्गानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछिको इन्जुरी समयमा कुन्हाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

५७औं मिनेटमा मोर्गानले पुनः गोल गर्दै भिल्लालाई खेलमा अगाडि ल्याए । त्यसपछि कुनै गोल भएनन् । जीतपछि तेस्रो स्थानको एस्टन भिल्लाको १७ खेलबाट ३६ अंक भएको छ । पराजित युनाइटेड २६ अंकसहित सातौं स्थानमा छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा