वेस्ट इन्डिजसँगको टेस्ट क्रिकेट शृङ्खला न्युजिल्यान्डले जित्यो

काठमाडौं, ७ पौष : वेस्ट इन्डिजसँगको तीन खेलको टेस्ट क्रिकेट शृङ्खला घरेलु टोली न्युजिल्यान्डले २–० ले जितेको छ । तेस्रो टेस्टमा न्युजिल्यान्डले दिएको ४ सय ६२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले पाँचौं दिनको चिया समयपछि १ सय ३८ रन बनाउँदा सबै विकेट गुमायो ।

न्युजिल्यान्डले दोस्रो पारीमा २ विकेट गुमाएर ३ सय ६ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । यसअघि बे ओभलमा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले पहिलो पारीमा ८ विकेट गुमाएर ५ सय ७५ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । यस्तै वेस्ट इन्डिजले पहिलो पारीमा ४ सय २० रन बनाएको थियो ।

पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोस्रो टेस्ट न्युजिल्यान्डले ९ विकेटले जितेको थियो । यसअघि भएको पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय शृङ्खला पनि न्युजिल्यान्डले जितेको थियो ।

संबन्धित शिर्षकहरु

युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना