थाइल्यान्ड कम्बोडिया सीमामा फेरि झडप

काठमाडौं, ७ पौष : थाइल्यान्ड र कम्बोडियाको सीमावर्ती क्षेत्रमा फेरि झडप शुरू भएको छ । मलेसियामा शान्ति वार्ता हुनुअघि नै दुईदेशबीच तनाव चर्किएको अल जजिराले जनाएको छ । गएको डिसेम्बर ८ देखि फेरि चर्किएको यस द्वन्द्वमा अहिलेसम्म कम्तीमा ४० जनाको ज्यान गएको छ भने दुवै देशका झन्डै १० लाख नागरिक विस्थापित भएका छन् ।

कम्बोडियाले थाइल्यान्डले एफ–१६ लडाकु विमान प्रयोग गरी बान्तेय मेन्चे प्रान्तमा बम प्रहार गरेको र विषालु ग्यास प्रयोग गरेको आरोप लगाएको छ, जबकि थाइल्यान्डले आफू आक्रमणकारी नभएको दाबी गरेको छ । सीमावर्ती क्षेत्रमा भारी हतियारको प्रयोग भएको र घरहरूमा क्षति पुगेको रिपोर्ट छ ।

यसैबीच, मलेसियाको राजधानी क्वालालम्पुरमा हुने आसियान बैठकमा दुवै देशका प्रतिनिधि सहभागी भई युद्धविराम कार्यान्वयन र तनाव न्यूनीकरणका उपायमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा