थोक औषधि व्यवसायी संगठनको अध्यक्षमा नारायण पौडेल निर्वाचित

चितवन, ५ पुस : थोक औषधि व्यवसायी संगठन नारायणगढको नवौँ अधिवेशनबाट नारायण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। अधिवेशनले आगामी दुई वर्षका लागि संगठनको नयाँ नेतृत्व चयन गरेको हो।

अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्षमा दिपक अधिकारी, महासचिवमा लेखनाथ कडेल, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा निर्मला थापा र सह-कोषाध्यक्षमा बैकुण्ठ शर्मा चयन हुनुभएको छ। सदस्यहरूमा रामकृष्ण दुवाडी, प्रबिन थापा र इन्द्र पौडेल रहनुभएको छ।

संगठनको २०औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशन भरतपुर–१५ स्थित अतिथि पार्टी प्यालेसमा सम्पन्न भएको हो। कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष बिज्ञान पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय