कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो

काठमाडौं, ८ पौष : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुलाएको छ । २०८३ सालमा हुने वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले जानकारी दिएको छ ।

२०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका शुरुका दुई अंक ७९ (अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र) का विद्यार्थीका लागि फाराम खुलाइएको हो । परीक्षासम्बन्धी वार्षिक कार्यतालिकामा उल्लेख भएअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नु पर्ने हुन्छ । यो अवधिमा छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले आज निकालेको सूचनामा उल्लेख छ ।

बोर्डले शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीको फाराम आउँदो माघ २५ गतेसम्म बुझाइसक्न सम्बन्धित विद्यालयलाई निर्देशन दिएको छ । बोर्डका सम्बन्धित कार्यालयहरुले आ–आफ्नो क्षेत्रभित्रका विद्यालय÷क्याम्पसहरुलाई सूचनाको जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा