शेयर बजार आज पनि सामान्य बढ्याे

काठमाडौं, ९ पौष : शेयर बजार आज पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ३७ प्रतिशतले बढेर २ हजार ५ सय ८५ दशमलव ८७ विन्दुमा पुगेको छ । आज बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ ।

आज १ सय ११ वटा कम्पनीको शेयर बढेकोमा १ सय ४२ वटाको घटेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज इन्फिनिटी लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ५ दशमलव ३२ प्रतिशतले बढेको छ । नेप्से सामान्य बढेको दिन ग्रामीण विकास लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ४ दशमलव २३ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ३ अर्ब ४२ करोडको कारोबार भएकोमा आज ३ सय ३४ वटा कम्पनीको ७२ लाख २४ हजार कित्ता शेयर ३ अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा