भारत र श्रीलङ्काबीचको महिला टी–२० शृङ्खलाको तेस्रो खेल आज

काठमाडौं, ११ पौष : भारत र श्रीलङ्काबीच चलिरहेको पाँच खेलको महिला टी–२० श्रृङ्खला अन्तर्गत तेस्रो खेल आज हुँदैछ । यो खेल बेलुकी सवा ७ बजे थिरुवनन्तपुरममा रहेको ग्रीनफिल्ड अन्तर्राष्ट्रिय रङ्गशालामा हुँदैछ ।

यसअघि भारतले लगातार दुई खेल जितेको छ । भारतले दोस्रो खेलमा श्रीलङ्कालाई ७ विकेटले हराएको छ । भारतले श्रृङ्खलामा २–० को अग्रता बनाएको छ । गएको मंगलवार विशाखापट्टनममा भएको खेलमा १ सय २९ रनको लक्ष्य पछ्याएको भारतले सेफाली वर्माको अर्धशतकमा ११ ओभर ५ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । भारतले पहिलो खेल ८ विकेटले जितेको थियो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस