भारत र श्रीलङ्काबीचको महिला टी–२० शृङ्खलाको तेस्रो खेल आज

काठमाडौं, ११ पौष : भारत र श्रीलङ्काबीच चलिरहेको पाँच खेलको महिला टी–२० श्रृङ्खला अन्तर्गत तेस्रो खेल आज हुँदैछ । यो खेल बेलुकी सवा ७ बजे थिरुवनन्तपुरममा रहेको ग्रीनफिल्ड अन्तर्राष्ट्रिय रङ्गशालामा हुँदैछ ।

यसअघि भारतले लगातार दुई खेल जितेको छ । भारतले दोस्रो खेलमा श्रीलङ्कालाई ७ विकेटले हराएको छ । भारतले श्रृङ्खलामा २–० को अग्रता बनाएको छ । गएको मंगलवार विशाखापट्टनममा भएको खेलमा १ सय २९ रनको लक्ष्य पछ्याएको भारतले सेफाली वर्माको अर्धशतकमा ११ ओभर ५ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । भारतले पहिलो खेल ८ विकेटले जितेको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा