चिसोबाट बचाउन सरकारले चासो नदिएको स्थानीयकाे गुनासो

काठमाडौं, ११ पौष : मधेश प्रदेशको राजधानी जनकपुरलगायत तराईमा पछिल्ला दिनहरूमा घना हुस्सु-तुँवालोले जनजीवन प्रभावित बनिरहेको छ। तराई क्षेत्रमा जाडो याममा नियमित रूपमा देखिने यो मौसमी समस्या यस वर्ष पनि उत्तिकै कष्टकर बनेको हाे । बिहानको समयमा दृश्यता निकै कम हुने भएकाले सवारी साधनहरूको गति सुस्त हुने गरेको छ ।

सडकमा हेडलाइट बालेर पनि गाडी चलाउन कठिनाइ भइरहेको चालकहरूले बताएका छन् । यसले दुर्घटनाको जोखिम बढाएको छ । साथै जनकपुर विमानस्थलमा पनि हुस्सुका कारण उडानहरू प्रभावित भएका छन् । यसअघि नै जनकपुर, भैरहवा र सिमरा लगायतका विमानस्थलबाट उडान र अवतरण हुन नसक्दा विमानस्थल नै बन्द भएका छन् । चिसोले बजार, विद्यालय र कार्यालयहरूमा मानिसहरू ढिलो पुग्ने गरेका छन् भने अस्पतालहरुमा बिरामीको संख्या पनि बढेको छ।

विशेष गरी वृद्धवृद्धा र बालबालिकाहरूमा श्वासप्रश्वासको समस्या बढेको हाे । चिसो बढेसंगै तराईका जिल्लाहरुमा स्थानीय तहहरुले विद्यालयमा विदा दिन थालेका छन् । चिसोबाट बचाउन जनकपुर महानगरपालिकाले ध्यान नदिएको जनकपुरका स्थानीयको गुनासो छ। उनीहरुले चिसोबाट जोगाउनका लागि स्थानीय सरकारले चोक चोकमा दाउरा बाल्ने व्यवस्था गरेमा राम्रो हुने बताएका छन् ।

मौसम विज्ञान विभागले तराई क्षेक्रमा हुस्सु लाग्ने त्रम अझै केही दिनसम्म कायम रहने जनाएको हाे। विभागले निरन्तर हुस्सु लाग्दा चिसो बढ्ने र शितललहर चल्ने भएकाले सतर्ककता अपनाउन समेत आग्रह गरेकाे छ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा