पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन उपस्थित

काठमाडौं, १४ पौष : नेपाली कांग्रेसका नेता एवम् तत्कालीन गृहमन्त्री रमेश लेखक गएकाे भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित हुनुभएको छ ।

आयोगले यसअघि लेखकलाई बयानका लागि बोलाएको थियो । शुरूमा हिजाेका लागि तोकिएको समयमा विशेष कारणले उपस्थित हुन नसकेपछि लेखक आज दिउँसो आयोगमा पुग्नुभएको हो ।

गौरीबहादुर कार्की नेतृत्वको तीन सदस्यीय आयोगले नवयुवा आन्दोलनका क्रममा प्रहरीको अत्यधिक बल प्रयोग, मानवअधिकार उल्लङ्घन र क्षतिको छानबिन गरिरहेको छ । आन्दोलनका बेला लेखक गृहमन्त्री हुनुहुन्थ्यो । शान्ति सुरक्षाको जिम्मेवारी उहाँमाथि नै थियो । आयोगले यसअघि विभिन्न सुरक्षा अधिकारी र कर्मचारीहरूको बयान लिइसकेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा