पाँच दलले बुझाए समानुपातिक बन्दसूची

काठमाडौं, १४ पौष : पाँच राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवारको बन्दसूची बुझाएका छन् । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सोमबार मध्याह्न १२ बजेसम्म पाँच दलले समानुपातिक उमेदवारको सूची बुझाएका आयोगले जनाएको छ ।

उमेदवारको सूची बुझाउनेमा नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाल कम्युनिस्ट पार्टी माक्सवादी पुष्पलाल छन् । बन्दसूची बुझाउन आयोगले आजसम्मको समय तोकेको छ । प्रमुख दल अझै आयोग पुगेका छैनन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा