टी–२० क्रिकेटमा एकै खेलमा ८ विकेट लिने पहिलो खेलाडी बने भूटानका सोनम

काठमाडौं, १४ पौष : भूटानका बायाँ हाते स्पिनर सोनम येशेले एकै खेलमा ८ विकेट लिएर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका छन् । २२ वर्षीय येशेले म्यानमारसँगको तेस्रो टी–२० मा यो उपलब्धि हासिल गरेका हुन् ।

उनले ४ ओभरमा १ मेडन राख्दै ७ रन दिएर ८ विकेट लिए । गएको शुक्रवार घरेलु मैदान गेलफुमा भएको तेस्रो टी–२० खेल भूटानले ८२ रनले जितेको थियो । भूटानले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको म्यानमारले ९ ओभर २ बलमा सबै विकेट गुमाएर ४५ रनमात्रै बनाउन सक्यो । यसअघि टी–२० को एकै खेलमा सबैभन्दा धेरै विकेट लिने कीर्तिमान मलेशियाका स्याज्रुल इद्रुस र बहराइनका अली दाउदको नाममा थियो ।

उनीहरूले समान ७ विकेट लिएका थिए । सोनम येशेले सन् २०२२ को जुलाईमा मलेशियासँग खेल्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले अहिलेसम्म ३४ खेलमा ३७ विकेट लिएका छन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा