प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

काठमाडौं, २० पौष : इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । नेपाली समयअनुसार आजको पहिलो खेल बेलुका सवा ६ बजे लिड्स युनाइटेड र म्यानचेस्टर युनाइटेडबीच हुनेछ ।

त्यस्तै राति पौने ९ बजे फुलहम र लिभरपुल, टोटनहम र सन्डरल्याण्ड, एभर्टन र ब्रेन्टफोर्ड तथा न्युक्यासल र क्रिस्टल प्यालेसले खेल्दैछन् । राति सवा ११ बजे म्यानचेस्टर सिटी र चेल्सीबीच खेल हुनेछ ।

यसअघि गएराति भएका खेलमा शीर्ष स्थानको आर्सनलले बर्नमाउथलाई, एस्टनभिल्लाले नटिङ्घम फरेस्टलाई, उल्भ्सले वेस्टह्यामलाई र ब्राइटनले बर्नलीलाई हराएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा