देशभर चिसो थप बढ्यो : ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा हिमपात

काठमाडौं, २० पौष : देशभर चिसो थप बढेको छ । पुस महिना लागेपछि नै तापक्रम घट्न थालेकोमा मध्यपुसयता थप घट्दै गएको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस र मुस्ताङको जोमसोममा माइनस ४.५ डिग्री सेल्सियस रहेको छ ।

त्यहाँ खोलाको पानी समेत जमेको छ । अरू ठाउँमा पनि न्यूनतम तापक्रम घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाण्डौ उपत्यकामा हिजो न्यूनतम तापक्रम ४.५ डिग्रीमा झर्‍याे । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार तराई क्षेत्रमा हुस्सु, कुहिरो कायमै छ । यो क्रम अझै केही दिन निरन्तर रहन सक्ने सम्भावना छ ।

आज बिहान पनि तराईका धेरैजसो भागमा हुस्सु तथा कुहिरो लागेको छ । विशेषगरी तराईमा बाक्लो हुस्सुले जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायात प्रभावित हुँदै आएको छ । आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाँउमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

अहिले देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । यसैबीच ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा हिजो बेलुकादेखि हिमपात भएको छ । हिमपात भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको छ । हिजो दिउँसो सदरमुकाम फुङ्लिङसहितका ठाउँमा छिटपुट वर्षा समेत भएको थियो ।

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा