देशभर पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौं, २४ पौष : देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।

बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भूभागका केही ठाउँहरुमा आज पनि हुस्सु लागेको छ । दिउँसोसम्म नै तराईका धेरै ठाउँमा हुस्सु तथा कुहिरो रहने महाशाखाले जनाएको छ । हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाण्डौ उपत्यकासहित देशभर चिसो छ । काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस मापन भएको छ । हिजोको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा