लिड्सलाई हराउँदै प्रिमियर लिगमा आर्सनलले सिटीसँगको दूरी बढायो

LEEDS, ENGLAND - JANUARY 31: Noni Madueke of Arsenal celebrates with teammates after Karl Darlow of Leeds United (not pictured) scored an own goal during the Premier League match between Leeds United and Arsenal at Elland Road on January 31, 2026 in Leeds, England. (Photo by David Price/Arsenal FC via Getty Images)

काठमाडौं, १८ माघ : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिड्स युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले लिड्सलाई ४–० गोलको फराकिलो अन्तरले हराएको हो ।

यो जीतसँगै शीर्ष स्थानको आर्सनलले दोश्रो स्थानमा रहेको म्याचेस्टर सिटीसँगको अङ्कदुरी बढाएको छ । आर्सनलको २४ खेलमा ५३ अङ्क भएको छ भने एक खेल कम खेलेको सिटीको ४६ अङ्क छ ।

समान अङ्कसहित एस्टन भिल्ला तेश्रो स्थानमा छ । यस्तै गएराति भएका अन्य खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३–२, लिभरपुलले न्युक्यासललाई ४–१, बर्नमाउथले उल्भ्सलाई २–० ले हरायो भने ब्राइटन र इभरर्टनले १–१ गोलको बराबरी खेले । प्रिमियर लिगमा आज चार वटा खेल हुँदैछन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा