बैतडी दुर्घटनाका घाइतेको उपचारको प्रबन्ध गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं, २३ माघ : नेपाली कांग्रेसका सभापति गगन थापाले बैतडी दुर्घटनाका घाइतेको उपचार प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् । हिजो बैतडीको पुर्चौडी नगरपालिकामा भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने दर्जानौँ घाइते भएका थिए ।

‘विवाह उत्सवबाट फर्किएका आफन्तहरूको यस अकल्पनीय मृत्युले स्तब्ध बनाएको छ’ सभापति थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ’ यस पीडादायी घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोकाकूल परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।

साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गर्दछु ।’

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस