वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौं, २४ माघ : नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार हृदयाघातका कारण उनको ज्यान गएको हो । थापाको असामयिक अवसानले यतिबेला सम्पूर्ण नेपाली कला क्षेत्र शोकमग्न बनेको छ । ‘राते काइँला’ को उपनामले दर्शकमाझ अमिट छाप छाड्न सफल थापालाई नेपाली चलचित्रको एक बलियो ‘धरोहर’ मानिन्छ । उनले नेपाली चलचित्रमा खलनायकको भूमिकालाई पनि नायक सरहकै चर्चा र सम्मान दिलाउन महत्वपूर्ण योगदान दिएका थिए ।

लामो समयदेखि नेपाली र भारतीय दुवै चलचित्र उद्योगमा सक्रिय उनले धेरै स्मरणीय चरित्रहरूमा जीवन्त अभिनय गरेका छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस