टी–२० विश्वकप : दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हरायो

South Africa's Quinton de Kock (L) stretches to reach the crease as Afghanistan's wicketkeeper Rahmanullah Gurbaz reacts during the 2026 ICC Men's T20 Cricket World Cup group stage match between Afghanistan and South Africa at the Narendra Modi Stadium in Ahmedabad on February 11, 2026. (Photo by Shammi MEHRA / AFP)

काठमाडौं, २८ माघ : आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हराएको छ । दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले दिएको २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २ विकेट गुमाएर १९ रन मात्र बनाउन सक्यो ।

पहिलो सुपर ओभरमा अफगानिस्तानले दिएको १८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १ विकेट गुमाएर १७ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा गएको हो । यसअघि दक्षिण अफ्रिकाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ८७ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।

अफगानिस्तानका रहमनुल्लाह गुरबाजले ८४ रन बनाए । दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ३ विकेट लिए । त्यसअघि भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर १ सय ८७ रन बनायो । दक्षिण अफ्रिकाका रायन रिकेल्टनले ६१, क्विन्टन डी ककले ५९ रन बनाए ।

अफगानिस्तानका अजमतुल्लाह ओमरजाईले ३ विकेट लिए । लगातार दोस्रो जीतसँगै दक्षिण अफ्रिकाले समूह ‘डी’ मा २ खेलमा ४ अङ्क जोडेको छ । अफगानिस्तानको यो लगातार दोस्रो हार हो ।

संबन्धित शिर्षकहरु

युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना